×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘हिमालय इन्जिनियरिङ्ग प्रदर्शनी २०७५’ शुक्रबारबाट सुरु

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- जनहित र राष्ट्रहितका लागि कुनै पनि समस्याको समाधान ईन्जिनियरिङ्ग ढङ्गले गर्ने उदेश्यका साथ शुक्रबारबाट ‘हिमालय इन्जिनियरिङ्ग प्रदर्शनी २०७५’ सुरु भएको छ । सिभील विधाका तर्फबाट ‘सिभिल क्लब’, आर्किटेक्चर, इलोक्ट्रोनिक्स एण्ड कम्युनिकेसन विधाका तर्फबाट ‘रोबोर्टिक्स क्लब को संयुक्त सहयोग र योगदानसहित यहि असार १५, १६ र १७ गते तिन दिने प्रदर्शनीको भव्य आयोजना हुन लागेको हो । आयोजकले दिएको जानकारी अनुसार उक्त प्रदर्शनी दिन १०ः०० – ५ः०० सम्म हुनेछ ।
हरेक विधाका विधार्थिहरुले आफ्ना पाठ्यक्रम अनि विषयवस्तु सम्बन्धित नेपालका समसामयिक समस्याहरुलाई लिई त्यसका उन्मुलनका उपायलाई नयाँ प्रविधि, नयाँ सोच र रुपका साथ प्रदर्शन गर्नेछन् । प्रदर्शनीमा हरेक विधाका परियोजनाहरु प्रोजेक्टर मार्फत देखाईने छन्स भने समग्रमा ४०–४५ वटा परियोजनाको प्रदर्शन हुने आयोजकको भनाइ छ । साथै सम्पुर्ण ईच्छुक आगन्तुकहरुलाई प्रतियोगि विद्यार्थिहरुले आ–आफ्ना परियोजनाका नयाँ सोच र प्रविधि वारे मैखिक रुपमा बताउने समेत आयोजकको भनाइ छ । आयोजकका अनुसार परियोजनालाई लिएर राम्रो विचार, उपाय र प्रस्तुति गर्ने विद्यार्थिलाई पुरस्कृत गरिने छ ।
‘हेक्स २०७५’ मा विभिन्न परियोजनाहरुलाई अगाडि बढाईएको छ, जसमध्य सिभिल विधा अन्तर्गत पहिलो बर्षका विद्यार्थिहरुले मोनो रेल इन काठमाडौँ’, हाइपर लुप, आदि परियोजना अगाडि बढाएका छन् , इलोक्ट्रोनिक्स एण्ड कम्युनिकेसन विधा तर्फबाट ‘रोबोट फाइटिङ’ र यस्ता थुप्रै परियोजना बारे सो मेलामा देख्न पाईने छन् । यतिमात्र नभई मनोरञ्जनका निमित्त बिभिन्न खेलहरुको समेत आयोजना गरिएको छ ।’ रोबोर्टिक्स क्लबका अध्यक्ष दिपेन्द्र शाक्यले अर्थ सरोकार डटकमसँग भने, ‘२०७४ सालको प्रदर्शन भन्दा २०७५ सालको प्रदर्शन अझै बढि फाईदाजनक र सन्तोषजनक हुने कुरामा हामी विस्वस्त छौं ।
‘१ बषको मात्रै अनुभव भएपनि प्राविधिक प्रक्रियामा आईपर्ने हरेक समस्यासँग जुझ्न सक्नेगरि यो बर्ष  हामी तयार भएका छौं । रोबोर्टिक्स क्लबका अध्यक्ष दिपेन्द्र शाक्यले भने, ‘यो पटक पनि यो प्रदर्शनी भव्य र सभ्य रुपमा सम्पन्न हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।’  यता हरेक वर्ष नयाँ नयाँ पिंढि साथै नयाँ नयाँ उपाय, जनशक्ति र प्रविधिको जन्म हिमालय कलेजमा हुने हिमालाय कलेज अफ इन्जिनियरिङ्ग प्रसासनको भनाइ छ । असार १७ गते ज्भ्ह् संचालन समितिद्धारा आयोजित सांस्कृतिक कार्यक्रममा विभिन्न सांस्कृतिक नाचगान, हाँस्यब्यङ्गय र अन्य रोमाञ्चक कार्यक्रमहरु हुनेछन् साथै सो दिनमा हिमालय ईन्जिनियरिङ्ग प्रदर्शनको समापन पनि हुनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: