×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रचण्डको फोन हितमानले नउठाएपछि…

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता हितमान शाक्यले पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन् ।
एकीकृत पार्टीको स्थायी कमिटीमा नपारेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रिसाएका बताइएको छ । स्रोतका अनुसार शाक्यले प्रचण्डको फोनसमेत उठाउन छाडेका छन् । पार्टी एकता कार्यदलका सदस्यसमेत रहेका शाक्य बैठकहरुमा उपस्थित हुन छाडेपछि विकल्पसमेत खोज्न थालिएको छ ।
तत्कालीन एमाले र माओवादीबीच जेठ ३ गते एकता भए पनि प्रदेशस्तरमा र जनवर्गीय संगठनस्तरमा भने एकता भइसकेको छैन । अहिले एकताको लागि कार्यदलस्तरमा छलफल जारी छ । यही क्रममा सोमबार अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता कार्यदलको पहिलो बैठक बसेको थियो ।
तर, बैठकमा कार्यदल सदस्य एवम् तत्कालीन माओवादी विद्यार्थी संगठनको फ्रयाक्सन इन्चार्ज हितमान शाक्य नै उपस्थित भएनन् ।
बैठकमा कार्यदल सदस्यहरु तत्कालीन एमाले विद्यार्थी फ्रयाक्सन इन्चार्ज रविन्द्र अधिकारी, अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ मात्र उपस्थित थिए । त्यसपछि हितमानको सट्टा अर्को नेतालाई कार्यदलमा पठाइदिन नेकपालाई पत्र लेख्ने निर्णय गर्दै बैठक स्थगित गरिएको थियो ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता कार्यदल बैठकले विधान मस्यौदा, राजनीतिक शैक्षिक दस्तावेज र संगठनात्मक विवरण निर्माण उपसमिति गठन गरेको छ । साथै यही असार १४ गते अनेरास्ववियु र अखिल क्रान्तिकारीका पदाधिकारीहरुको संयुक्त बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ ।
हितमान नेकपाको स्थायी समितिमा नपारिएको भन्दै नेतृत्वसँग असन्तुष्ट छन् । आफू सँगैका नेताहरु सबै स्थायी समितिमा परे पनि आफूलाई नराखिएको उनको गुनासो छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: