×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्तको आइपीओ खुला, कहाँ जाने भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० असार २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

नाडेप लघुवित्तको आइपीओ खुला, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार १० गतेदेखि नाडेप लघुवित्त वित्तीय संस्थाले ३०% आइपीओ बिक्री खुला गरेको छ । नाडेपले १०० रुपैयाँ अंकित दरको ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २४ हजार कित्ता (५%) कम्पनीका कर्मचारी र २४ हजार कित्ता (५%) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । त्यसपछि बाँकी ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल काठमाडौं, तथा नाडेप लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय गजुरी–१, धादिङबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । सी–आस्वाबाट घरमै बसेर पनि भर्न मिल्नेछ । 
यो आइपीओमा असार १३ गतेसम्म आवेदन दिन मिल्नेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन ४ गतेसम्म भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम २० कित्तादेखि अधिकतम २ हजार ४०० कित्तासम्म आवेदन दिन सकिनेछ ।हाल नाडेप लघुवित्तको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: