जेबिल्स फाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - जेबिल्स फाइनान्सको ४०% हकप्रद सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले बुधबार बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद पाउने  छन् ।

जेबिल्सले ४०% हकप्रद निष्कासनको लागि धितोपत्रबोर्डबाट अनुमति पनि पाइसकेको छ । नेपाल धितोपत्र बोर्डले जेबिल्सलाई १०ः४ अनुपातमा २३ लाख ११ हजार ६५० कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको हो । गत वर्ष पनि यो फाइनान्सले १००% हकप्रद बिक्री खुला गरेको थियो । सनराइज क्यापिटलले यसमा बिक्री प्रबन्धकको काम गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६८ लाख ८ हजार रुपैयाँ छ । 
प्रकाशित : Tuesday, June 05, 2018

recent

Popular Posts