×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड बेभरेजको नयाँ फ्लेबरको जुस बजारमा

काठमाडौँ – युनाइटेड बेभरेज प्रा.लि. ले नयाँ फ्लेबरमा उत्पादन गरेको जुस बजारमा पठाउन शुरु गरेको छ । विगत ५ वर्षदेखि PULPY ब्राण्डका दुई फ्लेबरका जुसहरु बिक्रि गर्दै आएको युनाइटेडले थप नयाँ फ्लेबरका जुसहरु आज (आइतबार) देखि बजारमा पठाउन शुरु गरेको हो ।
आइतबार आयोजितक विशेष समारोहकाबीच उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिकाप्रसाद यादवले नयाँ फ्लेबरका उक्त जुसहरु बिक्रि वितरणको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री यादवले व्यवसायीहरु र उपभोक्ताबीचको सम्बन्ध सुमधुर हुनु पर्ने धारणा व्यक्त गरे ।
पछिल्लो समय व्यवसायीहरु मन्त्रीसँग नजिकिएर फाइदा लिन लागि परेको भन्दै त्यस्तो कार्य गलत भएको मन्त्री यादवले बताए । व्यवसायीहरु मन्त्रीलाई खुसी पार्न नजिकिने प्रथाको आफू विपक्षमा रहेको भन्दै उनले मन्त्रीसँग नजिकिनु भन्दा पनि व्यवसायीहरुले उपभोक्तासँग नजिकनिु पर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुक समृद्धिको दिशामा अघिबढिसकेको भन्दै अब स्वदेशी उद्योगहरुको प्रवद्र्धन गर्नु पर्ने बताए । अध्यक्ष शर्माले स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्न सरकारले विशेष प्याकेज ल्याउनु पर्ने धारणा राखे ।
ह्याप्पी आवर ब्राण्ड मार्फत बजार युनाइटेडले आजदेखि बजारमा नयाँ जुस पठाएको हो । उक्त जुस उच्च गुणस्तरीय भएका कारण सबैले रुचाउने कम्पनीले विस्वास लिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: