कामना सेवाको संस्थापक सेयर लिलामीमा, सर्वसाधारणले पनि पाइन्छ भर्न

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - कामना सेवा विकास बैंकले आइतबारदेखि संस्थापक समूहको १ लाख ५० हजार ५३६.९३ कित्ता सेयर लिलामी खुल्ला भएको छ । बैंकले यसअघि लिलामी गर्दा नबिकेको संस्थापक समूहको सेयर सर्वसाधारणले समेत भर्न पाउने गरी पुनः लिलामीमा ल्याएको हो । यसमा जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आाधार मानेर त्यसभन्दा माथि भाउ तोकी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, कामना सेवाको ज्ञानेश्वर काठमाडौं, बुटवल, पोखरा र नारायणगढ शाखाबाट पनि प्रस्ताव पेश गर्न सकिनेछ । 

कामना सेवाले गत माघ १५ देखि चैत ५ गतेसम्म १५% हकप्रद निष्कासन खुला गरेको थियो । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड २७ लाख ६९ हजार रुपैयाँ छ । 
प्रकाशित : Sunday, June 03, 2018

recent

Popular Posts