कुमारी बैंकको सेयर लिलामीमा आउंदै, असार २९ सम्म भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं -  कुमारी बैंकले ११ लाख ४१ हजार ३७४.५० कित्ता सेयर लिलामीबाट असार २२ गतेदेखि बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयर ५ लाख १ हजार ९२१.६९ कित्ता र सर्वसाधारण सेयर  ६ लाख ३९ हजार ४५२.८१ कित्ता बिक्रीमा ल्याउने भएको हो ।

यस बैंकले गत बैशाख २८ देखि जेठ ३१ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेका सेयरलाई लिलामीबाट बिक्री गर्ने भएको छ । बैंकले  संस्थापकतर्फ न्युनतम १ हजार र सर्वसाधारणतर्फ १०० कित्ता प्रस्ताव गर्नुपर्ने छ ।

लगानीकर्ताले बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, दरबारमार्ग, नेपालगन्ज, सुर्खेत, धनगढी, बीरगन्ज, विराटनगर, बुटवल र पोखराबाट आवदेन दिन सकिनेछन् । यस लिलामिमा असार २९ गतेसम्मआवेदन दिन सक्नेछन् ।
प्रकाशित : Friday, June 29, 2018

recent

Popular Posts