×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनी विकास बैंकको संस्थापक सेयर आजदेखि लिलामीमा, क-कसले पाउँछ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लुम्बिनी विकास बैंकले शुक्रबारदेखि ३ लाख ६४ हजार ८३६.४४ कित्ता संस्थापक सेयर लिलामी खुल्ला भएको छ । बैंकले यसअघिपनि संस्थापक सेयर लिलामी गरेको थियो । तर त्यस अवधिमा संस्थापक समूहबाट आवेदन नपरेपछि पुनः लिलामी गर्न लागेको हो । यसपटक भने यो संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम म्याद असार ८ गते तोकिएको छ । 
यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । लुम्बिनीको लिलामीमा सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: