×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

५.७१% बोनस सेयरमा मूल्य समायोजनपछि मञ्जुश्रीको कतिमा खुल्यो कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ – मञ्जुश्री फाइनान्सको ५.७१% बोनस सेयरको मूल्य समायोजन गरेको छ । बोनस समायोजनपछि मञ्जुश्रीको पहिलो कारोबार १२२ रुपैयाँ ९८ पैसालाई आधार मानेर कारोबार खुलेको छ । यसको औसत आधार मूल्य १३६ रुपैयाँ ४९ पैसा रहेको छ । मञ्जुश्री फाइनान्सले असार २० गते हुने साधारण सभाका लागि सोमबार देखि बुक क्लोज गरेको छ ।
सभा थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले ५.७१% बोनस र कर तिर्न ०.३२% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । मञ्जुश्रीले बोनस प्रयोजनका लागि ४ करोड ३४ लाख ६२ हजार ७१० रुपैयाँ र नगद लाभांशमा २२ लाख ८७ हजार ५११ रुपैयाँ खर्च गर्नेछ । हाल मञ्जुश्रीको चुक्ता पुँजी ७६ करोड ५ लाख ९७ हजार ५०० रुपैयाँ छ । बोनस वितरण पछि चुक्ता पुँजी ८० करोड ४ लाख ६० हजार २१० रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: