मेगा बैंकको १०.७५% बोनस सुरक्षित गर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मेगा बैंकको १०.७५% बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले असार २९ मा साधारण सभा गर्न शुक्रबारदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोज हुनु भन्दा एक दिन आगाडी सम्म कायम सेयरधनी मात्र बोनस पाउने छन् । मेगाले टुरिजमसँग मर्जपछि कायम पुँजी ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार ३७९ रुपैयाँको १०.७५% बोनस दिने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो ।

यसअघि टुरिजमले घोषणा गरेको बोनसलाई पनि मेगाले यसैमा एकीकृत (समायोजन) गरेको छ । बोनसपछि चुक्ता पुँजी अझै माथि जानेछ । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु गरेको दिन (वैशाख ३० गते) भन्दा पछि कायम सेयरधनीले भने बोनस सेयरमा लाग्ने कर आफैंले तिर्नुपर्नेछ । त्यसभन्दा अघि कायम भएका दुवै बैंकका सेयरधनीलाई भने कर छुट हुनेछ ।

साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । बोनस सेयर पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा छ । अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब ५० करोड पुर्याउने अर्को विशेष प्रस्ताव पनि लगिनेछ ।
प्रकाशित : Thursday, June 28, 2018

recent

Popular Posts