×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिर्मिरे माइक्रोफाइनान्सको १००% हकप्रद आउंदै, जेठ १७ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  असार २७ गतेदेखि मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १००% हकप्रद सेयर बिक्री खुल्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।  यो हकप्रदमा जेठ १७ गतेसम्म कायम सेयरधनीले साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं सहित शाखा कार्यालयहरु लालदरवार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, बीरगञ्ज र बिराटनगरबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, मिर्मिरेको बनेपा सहित अन्य शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल एवं धनगढी शाखाबाट पनि आवेदन दिन मिल्नेछ । 
धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने सुविधा छ । हाल मिर्मिरेको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता ९ करोड रुपैयाँ पुग्नेछन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: