×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिर्मिरे माइक्रोफाइनान्सकोे एजीएम आज, सभामा के-के एजेन्डा पेस गर्दै ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको साधारण सभा बिहान ११ बजे सुरु भएको छ । उक्त सभा बनेपा भिलेज रिसोर्टमा सुरु भएको हो । कम्पनीले सभामा ३०.८०% बोनस सेयर दिने प्रस्ताव पेश गर्दैछ । यता, कम्पनीले बोनसमा लाग्ने कर भने नतिर्ने भएको छ । कर तिर्न सेयरधनी आफैं जानुपर्नेछ ।
मिर्मिरेले माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक परिवर्तन गरेर अब मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्था नाम राख्नेछ । यसको प्रस्ताव पनि साधारण सभामा पेश गरिएको छ । कम्पनीको केन्द्रीय कार्यालयको ठेगााना परिवर्तन गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ २ देखि शुक्रबार (जेठ २५ गते) सम्म बुक क्लोज गरेको छ ।
यसआधारमा जेठ १ गतेसम्म कायम सेयरधनी मात्र बोनसको हकदार हुनेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: