×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोटेश्वरमा एनबी बैंकको नयाँ शाखा विस्तार, बैङ्कका अध्यक्ष जलाल अहमदले गरे उद्घाटन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

कोटेश्वरमा एनबी बैंकको नयाँ शाखा विस्तार, बैङ्कका अध्यक्ष जलाल अहमदले गरे उद्घाटन

काठमाडौं  – बैङ्किङ पहुँच नपुगेका स्थानीय तहमा शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप नेपाल बङ्गलादेश (एनबी) बैङ्कले काठमाडौं महानगरपालिका–३२, कोटेश्वरमा शाखा स्थापना गरेको छ । बिहीवार आयोजित एक कार्यक्रमबीच बैङ्कका अध्यक्ष जलाल अहमदले उक्त शाखाको उद्घाटन गरेका हुन् । 
उक्त शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको भनाइ छ । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पुर्‍याउने उद्देश्यले शाखा सञ्चालन गरिएको उनले बताए ।
योसहित बैङ्कको शाखा सङ्ख्या ७१ पुगेको छ । यी शाखाका साथै बैङ्कले पाँच एक्सटेन्शन काउण्टर, सात शाखारहित बैङ्किङ सेवा तथा ५२ एटीएममार्फत वित्तीय सुविधा दिँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: