एनआईसी एशिया बैंकको नयाँ शाखा पर्साको लंंगडिमा, गाँउपालिकाका प्रमुख कुर्मीले गरे उद्घाटन

एनआईसी एशिया बैंकको धोबिनी गाँउपालिका वडा नं ४ लंगडि, पर्सामा स्थापित लंगडि शाखाको शुक्रबार एक समारोहकाबिच धोबिनी गाँउपालिकाका प्रमुख सुरेश प्रसाद कुर्मीबाट विधिवत् समुद्घाटन सुसम्पन्न गरे।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१८शाखा कार्यालयहरु, २०४ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १६४अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११३ अर्ब र कुलनिक्षेप करिब रू १३९अर्ब पुगिसकेको छ । 

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
प्रकाशित : Sunday, June 03, 2018

recent

Popular Posts