×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि बैंकको जेठ ३० गतेदेखि एफपीओ आउंदै, सी–आस्वाबाट पनि भर्न सकिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेठ ३० गतेदेखि एनएमबि बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर एफपीओ बिक्री गर्न लागेको । लगानीकर्ताले प्रतिकित्ता ३३३ रुपैयाँका दरले यो एफपीओमा आवेदन दिन सक्नेछन् । 
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५७ हजार ७० कित्तासम्म आवेदन दिन सकिन्छ । एनएमबिको एफपीओमा असार ३ गतेसम्म आवेदन दिन पाइनेछ । यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार २८ गतेसम्म भर्न पाउने व्यवस्था छ । यसमा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । 
यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष हो । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गर्न लागेको हो । एनएमबिले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४१ करोड १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: