×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनटीसी टेलिकमको नयाँ सेवा सुरु, अब ग्राहक आफैले एनटीसी पोष्टपेडमा आईएसडी सेवा लिन सक्ने

काठमाडौं – नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन् । यो सेवा आज (असार ०१ गते) देखि नै सञ्चालनमा आएकोे नेपाल टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार आईएसडी सुविधा शुरुमा लिन जीएसएम मोबाइलका लागि ‘००००’र सीडीएमए मोबाइलका लागि ‘१२३४’ डिफल्ट पिन नम्बर हुने छ ।
जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले ३३३१८ पिन ३ डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि ८३३१८ पिन ३ डायल गर्नु पर्ने टेलिकमले जनाएको छ । साथै आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि ८३३३१३ डायल गर्नु पर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: