×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाडेपको आइपीओ भर्ने आज अन्तिम मौका, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । यो आइपीओमा बुधबार कार्यालय समयसम्म भित्र आवेदन दिन सकिन्छ । यो आइपीओ निष्कासन भएको ३ दिन भित्रै माग भन्दा १६ गुणा बढी आवेदन परिसकेकोले बुधबार नै बिक्री बन्द हुने भएको हो । नाडेपले ३०% आइपीओ खुला गरेको हो । यसमा न्यूनतम २० कित्तादेखि अधिकतम २ हजार ४०० कित्तासम्म आवेदन दिन सकिनेछ ।
नाडेपले असार १० गतेदेखि १०० रुपैयाँ अंकित दरको ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २४ हजार कित्ता (५%) सेयर कम्पनीका कर्मचारी र २४ हजार कित्ता (५%) नै सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।
लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौं तथा नाडेप लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय गजुरी–१, धादिङबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । सी–आस्वाबाट घरमै बसेर पनि सेयर भर्न मिल्नेछ । हाल नाडेप लघुवित्तको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्त पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: