×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नागबेली लघुवित्तको १००% हकप्रद आउंदै, कहिले हुँदैछ बुक क्लोज ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद बिक्री गर्नको लागि असार २१ गते बुक क्लोज गर्ने भएको छ । अब असार २० गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न पाउनेछन् । कम्पनीले ७ लाख ६६ हजार ४६३.१५ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ । अब छिट्टै नागबेलीले १००% हकप्रद बिक्री खुला गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । 
हाल नागबेलीको चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी १५ करोड ३२ लाख ९० रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नागबेलीले १ करोड ८३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: