×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेसनल लाइफको ६०% हकप्रद आउँदै, कहाँ जाने फारम भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – साउन १ गतेदेखि नेसनल लाइफ इन्सुरेन्सले ६०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७७.५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद सेयर बिक्री गर्नका लागि असार २२ गते बुक क्लोज हुनेछ । असार २१ गतेसम्म कायम सेयरधनीले मात्र यसको हकप्रद भर्न सक्नेछन् । 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, नेसनलको रजिष्टर्ड कार्यालय, लाजिम्पाट र यसका सम्पूर्ण शाखाहरु तथा सी–आस्वाबाट पनि हकप्रद भर्न पाइन्छ । 
हकप्रद भर्ने अन्तिम म्याद भने भदौ ४ गते तोकिएको छ । हाल नेसनलको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: