नेसनल हाइड्रोपावरको एजीएम हुदै, यस्ता छन् एजेन्डाहरु

  • अर्थ सरोकार सम्बाददाता
काठमडौं - असार १५ गते नेसनल हाइड्रोपावर कम्पनीको २१ औं वार्षिक साधारण सभा  हुने भएको छ । साधारण सभा गोदावरी अल्मोनाई एसोसिएसनको सभा हल ठमेल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ । आर्थिक वर्ष २०७४–७५ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्नेे एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले असार १ गतेदेखि ८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यसपटक पनि नेसनल हाइड्रोपावरले लगनीकर्तालाई कुनै पनि लाभांश दिनेछैन । हाल यस कम्पनीको सेयर पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ छ ।
प्रकाशित : Friday, June 08, 2018

recent

Popular Posts