×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकको शुक्रबारदेखि १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ खुल्दै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार १५ गतेदेखि नेपाल बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री खुला गर्ने भएको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ बेच्न लागेको हो । यसमा न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा कानुनी सिमा भित्र रहेर अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउने बैंकले जानकारी दिएको छ ।
एफपीओ निष्कासन भएको पहिलो दिन देखि नै संस्थागत लगानीकर्ताले पनि आवेदन दिन पाउनेछन् । एफपीओ भर्ने अन्तिम म्याद असार १९ गतेसम्म तोकिएको छ । यस अवधिमा सबै नबिकेमा भने साउन १३ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । नेपाल बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: