×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकले पायो एफपीओ बिक्री गर्ने अनुमति, कति पुग्छ चुक्ता पुँजी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल बैंकले एफपीओ बिक्री गर्ने अनुमति प्राप्त गरेको छ । धितोपत्र बोर्डले नेपाल बैंकलाई ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री गर्न अनुमति दिएको हो । बैंकले उक्त एफपीओको फेस भ्यालु १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँ दरमा बिक्री खुला गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
सरकारी स्वामित्वको बैंकले नेपाल सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गर्न लागेको हो । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड २६ लाख ६२ हजार रुपैयाँ रहेको छ । एफपीओ बिक्री पछि चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । एफपीओको प्रिमियमबाट आएको पैसा भने जगेडा कोषमा जानेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: