×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्सुरेन्सको सेयर लिलामी खुला, फारम भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल इन्सुरेन्सले आइतबारदेखि सेयर लिलामीमा ल्याएको छ । कम्पनीले सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६.८० कित्ता र संस्थापक समूहको २ हजार १७७.३० कित्ता सेयर गरि कुल १ लाख ६१ हजार १२४.१० कित्ता सेयर लिलामीबाट बिक्री खुला गरेको हो । संस्थापक समूहको सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा असार १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँ वा बढी रकम कबोल गरी आवेदन दिनुपर्नेछ । 
लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ । 
हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । पुँजी बढाउन प्रयासरत यस कम्पनीले फेरि ६५% हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: