×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्सुरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम मौका, यस्ता छन् भर्ने ठाउँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल इन्सुरेन्सको सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६.८० कित्ता र संस्थापक समूहको २ हजार १७७.३० कित्ता गरी  जम्मा १ लाख ६१ हजार १२४.१० कित्ता सेयर लिलामीमा ल्याएको हो । संस्थापक समूहको सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० रुपैयाँ वा बढी रकम कबोल गरी आवेदन दिनुपर्नेछ । 
लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ । 
हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: