×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘सिंघम’ स्टाइल नदेखाउन गृहमन्त्री थापालाई प्रचण्डको चेतावनी, अरु के-के भने ?

काठमाडौं – ‘सिंघम’ स्टाइल नदेखाउन गृहमन्त्री रामबहादुर थापा बादललाई पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका छन् ।
केपी ओली नेतृत्वको सरकारमा अरुभन्दा फरक पहिचान बनाएका गृहमन्त्री थापाले ‘कामचोर’ ठेकेदारहरूलाई कारबाही गर्ने भन्दै सूची तयार पारेपछि केपी ओली-प्रचण्ड नेतृत्वको (नेकपा)शीर्ष नेताहरू तर्सिएका छन् ।
आफुलाई पाल्ने ठेकेदारहरुलाई नै गृहमन्त्री थापाले कारवाहीको सुचीमा राखेको थाहा पाएपछि थापासँग नेताहरु असन्तुष्ट हुन थालेका मात्रै छैनन्, ठग ठेकेदारहरूलाई कारबाही नगर्न दवाव दिन थालेका छन् । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री थापालाई आफ्नै निवास खुमलटारमा बोलाएर ‘ठेकेदार शारदा अधिकारीलाई किन कारबाहीको सूचीमा राखेको ?’ भन्दै हप्काएका हुन् ।
स्रोतले भन्यो, ‘प्रचण्डज्यूले गृहमन्त्रीलाई बोलाएर सिंघम बन्न लागेको भन्दै ठेकेदार शारदा अधिकारीलाई कुनै पनि प्रकारको दवाव वा कारबाही नगर्न निर्देशन दिनुभएको छ ।’ गृहमन्त्री थापाले काठमाडौंको कलंकी–नागढुंगा सडकसहितका आयोजनाहरू ओगटेर काममा ढिलाइ गरिरहेका शैलुङ कन्ट्रक्सनका मालिक एवम् ठेकेदार अधिकारीलाई कारबाही गर्ने तयारी गरेपछि ‘प्रचण्ड’ले आक्रोशित भएका हुन् । पुराना कुराहरुको समेत स्मरण गराउँदै प्रचण्डले गृहमनत्री थापालाई ‘तपाई पहिला रक्षामन्त्री हुँदा प्रधासेनापतिलाई नचलाउनुस् भन्दा मान्नुभएन । अन्टसन्ट काम गर्नुभयो । अहिलेफेरि शारदा अधिकारीलाई चलाउन थाल्नु भएको छ’, अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सिंघम बन्ने तयारीमा हुनुहुन्छ है ? अफ्ठेरो पर्ला है ! ’
गृहमन्त्री थापाले कामचोर ठेकेदारहरूको सूची तयार पारेर पक्राउ गर्नुका साथै कारबाही थालेपछि जनसमर्थन बढेको थियो । तर, राजनीतिक संरक्षणमा रहेका ठेकेदारहरूले गृहमन्त्री थापाको कार्यशैलीलाई रुचाएका छैनन् । अध्यक्ष दाहाल उनै ठेकेदार अधिकारीले उपलब्ध गराएको घरमा बस्दै आएका छन् । दाहाल बस्ने खुमलटार, ललितपुरको घर उनै ठेकेदार अधिकारीले दिएका हुन् । त्यति मात्रै होइन, ललितपुर मानभवनमा रहेको ठेकेदार अधिकारीको घरमा तत्कालीन एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्ने गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: