×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेकपा र संघीय समाजवादी फोरमबीच पार्टी एकता हुने दाबी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने दाबी गरेका छन् ।
उनले प्रदेश नं.२ मा चलखेल गरेर केन्द्र सरकारलाई अस्थीर बनाउने कोशिस भएकाले संघीय समाजवादी फोरमलाई केन्द्र सरकारमा ल्याउनु परेका बताए ।
उनले केन्द्र सरकारकै प्रभावमा प्रदेश २ मा सरकार बन्ने बाटो खुलेको र फोरमसँग पार्टी एकता पनि हुने दाबी गरे । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा कम्युनिस्टहरुकै मुख्य भूमिका रहेकाले प्रतिपक्षीले आरोप लगाए जस्तो सरकार तानाशाही बन्ने कुरा निराधार भएको बताए ।
अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसको विकल्पबारे नेतृत्व तहमा छलफल भइरहेको बताए । २ तिहाईको सरकार गठनसँगै समृद्धि र विकासको नयाँ ढोका खुलेको बताए । ५ वर्षभित्र मुलुकमा विकास नभए जनस्तरमा निराशा आउनेतर्फ सरकार सचेत रहेको पनि बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: