×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

६०% हकप्रदमा मूल्य समायोजनपछि आरएसडीसी लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ६०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रदको मूल्य समायोजनपछि आरएसडीसीको सेयर भाउ प्रतिकित्ता ५४३.७५ रुपैयाँ कायम भएको छ । मंगलबार आरएसडीसीको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । 
आरएसडीसीले ५ः३ अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री गर्न लोगेको छ । आरएसडीसीले प्रतिकित्ता १०० रुपैयाँको दरले हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसका लागि कम्पनीले मंगलबार बुक क्लोज गरेको हो । यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५९ हजार रुपैयाँ रहेको छ । यही पुँजीको ६०% हकप्रद बिक्री गरिसकेपछि भने पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: