×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राधीको १०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुने भयो एजीएम ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – राधी विद्युत कम्पनीको १०% बोनस सेयर सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले लगानीकर्तालाई १०% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.६% नगद लाभांश दिंदैछ । लाभांश पारित गर्नका लागि राधीले असार २४ गते साधारण सभा गर्ने भएको छ । यसका लागि असार ५ गते बुक क्लोज हुँदैछ । 
कम्पनीले साधारण सभामा जारी पुँजी ४१ करोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब २० करोड रुपैयाँ पुर्याउने प्रस्ताव लैजाने भएको छ । लाभांश पारित गर्ने एजेन्डा पनि छ । साधारण सभा अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । राधीको चुक्ता पुँजी ४१ करोड रुपैयाँ छ । कम्पनीले यही पुँजीको १०% बोनस सेयर दिन लागेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: