×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राधी विद्युतको एजीएम हुँदै, सभामा के-के प्रस्ताव पेस गर्दै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – राधी विद्युत कम्पनीको असार २४ गते वार्षिक साधारण सभा हुने भएको छ । उक्त सभामा कम्पनीले  १०% बोनस सेयर दिने विशेष प्रस्ताव पेस गर्ने भएको छ । त्यसका साथै बोनसमा लाग्ने कर तिर्न  ०.६% नगद लाभांश दिने प्रस्ताव पनि पेस गर्ने भएको छ । कम्पनीको जारी पुँजी ४१ करोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब २० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभाको एजेन्डा हुनेछ ।
साधारण सभाका लागि राधीले असार ५ देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असार ४ गतेसम्म कायम सेयरधनीमात्र कम्पनीले दिने लाभांशको हकदार हुनेछन् । सभा अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । राधीको चुक्ता पुँजी ४१ करोड रुपैयाँ छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: