×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गृहमन्त्रीको यस्तो चतावनीपछि फटाफट काममा फर्किए ठेकेदारहरु

लमजुङ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ठेक्का लिएका आयोजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने प्रक्रिया सुरु गरे छन् । उक्त कार्य सुरु गरे लगत्तै लमजुङका सबै ठेकेदार कम्पनीहरु धमाधम काममा जुटेका छन् ।
बादलका कडा चेतावनीका कारणले गर्दा निर्माण सुरु भएको सात वर्षसम्म पनि काम सम्पन्न नगरी बेवारिसे बनाइएको बेसीशहर–११ र दोर्दी–४ जोड्ने दोर्दीखोला पुल निर्माणको काम सुरु भएको हो ।
पुल बनाउने ठेक्का पाएको सपना–जयबाबा जेभीले काममा ढिलाइ गरेको थियो । डिभिजन सडक कार्यालयका साथै स्थानीय तह, सांसद तथा स्थानीयले पटक–पटक आग्रह गर्दा पनि ठेकेदार कम्पनीले वेवास्ता गर्दै आएको थियो ।
२०६८ साल चैतमा शिलान्यास गरिएको उक्त पुलको निर्माण २०७० साल असारसम्म सक्नुपर्ने थियो । तर २०७५ असार लाग्न लाग्दा पनि पुलको आधा काम पनि भएको छैन ।
गृहमन्त्री रामबहादुर थापाले समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएपछि लमजुङ प्रशासनले उक्त कम्पनीको खोजी गरेको थियो ।
कारबाहीका लागि प्रक्रिया अघि बढाएसँगै निर्माण कम्पनीले काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । ७५ मिटर लम्बाइ र ६ दशमलब २५ मिटर चौडाइको यो पुल बनाउन करिब ४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
पुल बनाउने ठेक्का पाएको सपना–जयबाबा जेभीले काममा ढिलाइ गरेको डिभिजन सडक कार्यालय दमौलीका प्रमुख डिभिजन इन्जिनियर भानु जोशीले बताए ।
दोर्दीखोलामा पुल नबन्दा सो करिडोरमा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना प्रभावित बन्दै आएका छन् । यता राइनास नगरपालिकाको बोराङखोला पुल निर्माण अलपत्र छाडेर हिँडेको निर्माण कम्पनी पनि काममा फर्किएको छ । गत आर्थिक बर्षको असारमा काम सक्ने गरी ठेक्का लिएको अधिकारी निर्माण सेवा गोरखा काम छोडेर हिँडेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: