×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहयोगी विकास बैंक र महा गणपति अटो सेल्स प्रा.लि.बीच सम्झौता, बैंकले महिन्द्रा ब्राण्डको दुई चक्के सवारीमा लगानी गर्ने

सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्राण्डको दुई चक्के सवारी साधानमा लगानी गर्ने भएको छ । सो सम्बन्धमा जनकपुरमा रहेको महा गणपति अटो सेल्स प्रा.लि.सँग सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र महा गणपति अटो सेल्स प्रालिको तर्फबाट प्रबन्ध सञ्चालक दिपेन्द्रकुमार दासले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार माहा गणपति अटो सेल्स प्रा.लि.ले विक्री गर्ने दुई चक्के सवारी साधानलाई कम्पनीले सिफारिस गरे अनुसार बैंकले रित पुर्याई कर्जा लगानी गर्नेछ । बैंकले मोटरसाइकल मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने संझौतामा उल्लेख छ । कर्जा लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा बैंकलाई मोटरसाइकल विक्रेता कम्पनी माहा गणपति अटो सेल्सले समेत सघाउनुपर्ने भएको छ । 
उक्त कम्पनीको मोटरसाइकलमा कर्जा लगानी गरिदिएवापत कम्पनीले बैंकलाई प्रति मोटरसाइकल दुई देखि चार हजार रूपैयाँसम्म कमिशन भुक्तानी गर्नुपर्ने संझौतामा उल्लेख छ । यो सम्झौता २०७७÷३÷३१ सम्म लागू हुने छ । तर आपसी सहमतिमा निश्चित अवधिका लागि यो अवधि थप गर्न सकिने बैंकले जानकारी दिएको छ ।
सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो सँझौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए । विगत केही समयदेखि सहयोगी विकास बैंकले आफ्नो सेवाको दायरालाई फराकिलो पार्दै लगेको छ । यसै क्रममा बैंकले केही समय अघिमात्र मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सर्भिसेस सेवा सुरुवात गरेको थियो । आगामी दिनमा समेत बैंकले समय सुहाउँदो थप सेवाहरू प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत रिजालले बताए ।
निक्षेपको ग्यारेन्टी, ग्राहकको आर्थिक, सामाजिक र सांस्कृति उन्नतीका साथै २१औं शताब्दी समय सुहाउँदो सेवा, लगानीकर्तालाई उचित प्रतिफलमा बैंकले जोड दिंदै आएको प्रमुख कार्यकारी अधिकृत रिजालको भनाई छ । यसैगरी बैंकले आफ्नो भवनको निर्माणका साथै एटीएम सेवा सुचारु गर्ने तयारी पनि गरिरहेको जानकारी दिएको छ । 
जनकपुरमा मूख्य कार्यालय रहेको बैंकले विभिन्न ८ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई आधुनिक, छरितो, भरपर्दो र स्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले यसै आर्थिक बर्षभित्र ४ वटा शाखा विस्तार गर्ने र अघिल्लो त्रैयमास सम्ममा १७ शाखा पुर्याउने जानकारी दिएको छ । 
५० करोड ९६ लाखरुपैयाँ सेयर पूँजी रहेको बैंकले हालसम्म रू. ३ अर्ब ४२ करोड ८० लाख निक्षेप संकलन गरी हालसम्म ३ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको छ । 
तीन जिल्ले कार्यक्षेत्र रहेको बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो । हालै नेपाल राष्ट्र बैंकबाट निर्देशित भए बमोजिम पूँजीकोष प्रर्याप्त भएको कारण, बैंकले आउने आर्थिक बर्षमा ५ जिल्लामा सेवा दिने प्रमुख कार्याकारी अधिकृत रिजालले दिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: