×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

संसदमा कांग्रेस सांसदको आक्रोशः हाम्रा कार्यक्रम ढुङग्रोमा हाल्ने ?

काठमाडौँ – प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बजेट विनियोजनमा सरकारले विभेदकारी नीति लिएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत विनियोजित बजेट र योजनामा सरकारले सर्वत्र देखिने गरी विभेद गरेको टिप्पणी गरेका हुन् ।
नवनिर्माणका सवालमा रेलमार्ग र पानी जहाजको कुरा गर्ने सरकारले ग्रामीण क्षेत्रको सामान्य पुर्वाधारका कार्यक्रममा पनि उचित ध्यान पुर्‍याउन नसकेको भन्दै आक्रोश पोखे । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालले ठूला ठूला सपना देखाउने सरकारले आफ्नो क्षेत्रमा पैदलमार्गका लागि बजेट विनियोजन नगरेको भन्दै आपत्ती जनाइन् ।
बाग्लुङकी सांसद छन्त्यालले बुर्तिवाङदेखि बुंगादोभान -खुनखानी- म्यादी गुर्जा बहुवषर्ीय योजना, बुर्तिवाङ-बुंगादोभान- चौरबन-नजा-म्याग्दी-गुर्जासडक, बुर्तिवाङ-बुंगादोभान-बुंङखानी-मोरपानी-जलजला-म्याग्दी गुर्जासडक, बुर्तिवाङ- चाचलघाट-घोर्सा -बुढाताल-ढोरपाटन सडक निर्माणका लागि बजेट विनियोजन नभएकोमा आक्रोश पोखिन् ।
बुढा र बुढीको उखान भन्दै उनले सरकारले सांसदहरुको हात खुट्टा बाँधेर राख्ने काम गरेको आरोप लगाइन् ।
‘ठूला ठूला योजना गर्छु भन्ने, रेल मार्ग पानी जहाजको सपना देखाउने, आज खुनखानीबाट गुर्जा जस्तो सडकमा एउटा पैदल मार्ग छैन । दिनरात बास बसेर त्यो गुर्जाका जनता त्यो ठाउँमा पुग्छन् । बास बस्दै गर्दा कसैलाई भालुले खाएको छ, बाघले खाएको छ । चिप्लिएर मरेका छन् । पैदलमार्ग पाएका छैनन् । त्यस्ता ठाउँका जनताले भोट हालेर बनेको दुई तिहाईको सरकारले रेलमार्ग र पानी जहाजको सपना देखेर सेवा सुविधा हुने ठाउँमा बस्ने रु’ उनले भनिन् ।
सांसद छन्त्यालले कांग्रेसले जितेको क्षेत्रमा बजेट र पुराना योजना पनि काटिएको भन्दै आक्रोश पोखिन् । उनले भनिन् ‘नेपाली कांग्रेसले गरेको कार्यक्रम सबै ढुङग्रोमा हाल्ने ? त्यहाँका जनता होइनन् ? त्यहाँका जनता रोएर बसेका छन् ।’
त्यसैगरी सांसद संजयकुमार गौतमले बजेट विनियोजनमा सरकारले सत्तापक्षका सांसदको जिल्ला र क्षेत्रलाई मात्रै प्राथमिकता दिएको आरोप लगाए । आफ्नो जिल्ला बर्दियामा कुनै पनि योजना नपरेको भन्दै उनले प्रतिपक्षी दल निर्वाचित भए पनि त्यहाँका जनता पनि नेपाली नै भएकाले विभेद नगर्न सरकारको ध्यानाकर्षण गराए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: