×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसद बैठकमा अाराेप लगाउन हाेडबाजी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ असार २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

संसद बैठकमा अाराेप लगाउन हाेडबाजी

काठमाडौँ  – प्रतिनिधिसभाको अाइतबार बसेकाे बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।
विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि र थितिअनुसार नचलेको आरोप लगाए ।
सांसद राजकिशोर यादवले सरकार मधेशसँग अनुदार भएको, सिरहा जिल्लालाई सौतेनी आमाको व्यवहार गरेको तथा आफ्नै दलका सांसदलाई पनि धेरै नबोल्नू भनी दिएको निर्देशन अधिनायकवादको चरित्र भएको बताए ।
सांसद विमलप्रसाद श्रीवास्तव, घनश्याम खतिवडा, विमला नेपाली, रेनुका गुरुङ र बिनादेवी बुढाथोकीले महिला हिंसाका घटना बढेको, सरकारसँग ग्रामीण विकासको ठोस नीति नभएको, वनविनाश नरोकिएको, नदीनाला प्रदूषित हुँदै गएको तथा चोरी शिकारी बढ्दै गएको बताए । सांसद लीलानाथ श्रेष्ठ र तिलबहादुर महतले कर्णाली प्रदेशलाई केन्द्रीय सरकारले उपेक्षा गरेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: