×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिलाको २.५०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको २.५०% बोनस सेयरमा मूल्य समायोजन गरेको छ । बोनस सेयर समायोजनपछि बैंकको सेयर भाउ प्रतिकित्ता १५९.०२ रुपैयाँलाई आधार मानेर कारोबार खुलेको छ । यसको औसत आधार मूल्य भने २२८.५१ रुपैयाँ छ ।
सांग्रिलाको वार्षिक साधारण सभामा असार १७ गते हुने भएको छ । उक्त सभामा बैंकले २.५०% बोनस सेयर र ९.३०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसका लागि बैंकले सोमबार बुक क्लोज गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँको २.५०% बोनस दिन लागेको हो । बोनसपछि चुक्ता पुँजी २ अर्ब ५० करोड ६३ लाख रुपैयाँ हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: