×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शुभम पावरको आइपीओ खुल्ला, क-कसले पाउँछ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – शुभम पावर लिमिटेडले आइतबारदेखि २ लाख कित्ता सेयर आइपिओ बिक्री खुल्ला गरेको छ । उक्त आइपिओ कम्पनीले १०० रुपैयाँ दरमा संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको हो ।यसमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको अवधि भित्र आवश्यक आवेदन नपरेमा असार २४ गतेसम्म भर्न पाइनेछ ।
बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गरेको छ । यसमा न्यूनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । आवेदकले शुभम पावर लिमिटेड चैनपुर संखुवासभा, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था तुम्लिङटार र मामलिङ शाखाबाट सेयर भर्न सक्नेछन् । यसैगरी, प्राइम बैंकको खाँदबारी र तुम्लिङटार शाखाबाट पनि आवेदन दिन पाइनेछ ।एभरेष्ट बैंक र सेन्चुरी बैंकको खाँदबारी शाखाबाट पनि सेयर भर्न सकिने सुविधा छ । 
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई कुल १०% आइपीओ निष्कासन गर्न लागेको हो । शुभमले हाल ९९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी २०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: