×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्सुरेन्सको असार १७ गते ३५% हकप्रद आउंदै, वैशाख ३१ सम्म कायम सेयरधनीले भर्न पाइने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ असार २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ इन्सुरेन्सको असार १७ गते ३५% हकप्रद आउंदै, वैशाख ३१ सम्म कायम सेयरधनीले भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार १७ गतेदेखि  सिद्धार्थ इन्सुरेन्सको  ३५% हकप्रद सेयर बिक्री खुला हुँदैछ । कम्पनीले १०ः३.५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २२ लाख ४४ हजार ९७३.५० कित्ता सेयर बिक्री गर्न लागेको हो ।  वैशाख ३१ गतेसम्म कायम सेयरधनी यो हकप्रदमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । 
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपाटी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा कामना सेवा विकास बैंक, ज्ञानेश्वर काठमाडौंबाट पनि आवेदन दिने व्यवस्था रहेको छ । हाल सिद्धार्थको चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ छ । हकप्रदपछि चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: