×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिन्धु विकास बैंकले ५.९५% बोनस सेयर दिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिन्धु विकास बैंकले ५.९५% बोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समिति बैठकले बोनस दिने निर्णय गरेको हो । सिन्धुले बोनस सेयरमा लाग्ने कर तिर्न ०.३१% नगद लाभांश पनि दिने भएको छ । बैंकको प्रस्तावित बोनस नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिन्धुको चुक्ता पुँजी ४१ करोड ८१ लाख १६ हजार रुपैयाँ छ । बैंकले तेस्रो त्रैमासमा १ करोड ८१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: