×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गिरिजा बाबुका नाममा बजेट नपरेपछि सुजातालाई टेन्सन !

काठमाडौँ  – संघीय संसदमा जारी बजेटमाथिको छलफलमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा कुनै योजना नआएको भन्दै सांसद सुजाता कोइरालाले आपत्ति जनाएकी छन् ।
मदन भण्डारीलगायत एमालेका नेताहरुको नाममा योजना र बजेट छुट्टयाइएको तर कांग्रेस नेताहरुलाई उपेक्षा गरिएको कोइरालाको आरोप छ । कोइरालाले यस पटकको बजेटमा गिरिजाको नाममा कुनै योजना र बजेट नआएको भन्दै आपत्ति जनाएकी हुन् ।
कोइरालाले गिरिजा प्रसाद कोइरालाको नाममा तनहुँमा निर्माणाधिन अस्पताललाई सरकारले उपेक्षा गरेको बताइन् । उनले उक्त अस्पतालका लागि सरकारले बजेट छुट्याउन माग गरिन् ।
उक्त अस्पतालका लागि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा छलफल गरेको र भारत सरकारले बनाउने इच्छा पनि व्यक्त गरेको कोइरालाले जानकारी दिइन् । उनले सरकारले पनि बजेट छुट्याउनु पर्ने बताइन् ।
उनले भनिन्, ‘अहिलेको सरकारले प्रतिपक्षलाई छाडेर हिड्न खोजेको देखिन्छ । जसले देशमा ठुलो दुर्घटना आउन सक्छ । गिरिजाबाबुले थालेको शान्ति प्रक्रिया अहिलेसमम पुरा भएको छैन । सबै मिलेर शान्ति प्रक्रियालाई पुरा गर्नुपर्छ ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: