×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनकाण्ड: प्रहरीलाई भ्रष्टाचार अरुलाई सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउने तयारी

काठमाडौं – ३८ क्वीन्टल सुन तस्करीका अभियुक्तहरुले अर्को मुद्दा पनि खेप्नु पर्ने भएको छ । उनीहरुविरुद्व भ्रष्टाचार र अरुलाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाउने तयारी भएको छ । सम्पत्ति शुद्धीकरण विभागले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा.डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई सोमबार बिहान काठमाडौं ल्याइसकेको छ ।
सम्पत्ति शुद्धिकरण विभागका गजेन्द्र ठाकुरले भने -‘अनुसन्धानका लागि काठमाडौं ल्याएका हौं, अन्य अभियुक्तलाई पनि क्रमशः ल्याउँछौं ।’ उनीहरुलाई हाल केन्द्रीय कारागारमा राखिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं ल्याएको बेला सुन तस्करीबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले पनि थप अनुसन्धानका लागि उनीहरुसँग सोधपुछ गर्ने तयारी गरेको छ ।
संगठित अपराध, आतंकवाद एवं कालो धनलाई सेतो बनाए वापत लाग्ने सम्पत्ती शुद्धीकरणको मुद्दामा सामान्य अवस्थामा भन्दा दोब्बर सजायँ हुन सक्छ । साथै, उनीहरुले आर्जन गरेको सम्पत्ति राज्यले जफतसमेत गर्न सक्छ ।
सुन तस्करीमा मुछिएका प्रहरी अधिकारीविरुद्ध भने भ्रष्टाचार मुद्दा चल्ने छ । उनीहरुविरुद्धको भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्ने छ । पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेलविरुद्ध भ्रष्टाचार मुद्दामा छानबिन हुने भएको छ ।
क्षेत्रीय कारागारमा रहेका एसएसपी श्याम खत्रीसहित अन्य प्रहरी अधिकारीलाई क्रमशः काठमाडौं ल्याउने तयारी गरिएको छ । एसएसपी दिवेश लोहनी र डीएसपी प्रजित केसीलाई भने अनुसन्धानमा लापरबाही मात्रै गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा नचलाइने भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: