×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको एटिएम चिरायु अस्पतालमा, बैंकका संचालक गुरागाई र अस्पतालका संचालन अधिकृत बैधले गरे संयुक्त उद्घाटन

काठमाडौं – सनराइज बैंक लिमिटेडले चिरायु नेशनल अस्पताल एण्ड मेडिकल इन्स्टीट्यूट, महाराजगंजमा एटिएम संचालनमा ल्याएको छ । चिरायु अस्पताल एटिएमको शुभारम्भ संचालक भोगेन्द्र गुरागाई र अस्पतालका संचालन अधिकृत तथा संचालक समितिका सदश्य चन्देश्वर बैधले संयुक्त रुपमा गरे ।
हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ८३ वटा शाखा, ९६ वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।
साथै बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने बैंकले जनाएको छ ।
बैैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ भने, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: