×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्या लाइफ इन्सुेन्सले बोलायो एजिएम, के-के प्रस्ताव पेस गर्दै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्या लाइफ इन्सुेन्सले असार ३२ गते वार्षिक साधारण सभा बोलाएको छ । सूर्याले बोनस र हकप्रद सम्बन्धी प्रस्ताव पारित गर्न सभा बोलाएको हो । इन्सुेन्सले १२% बोनस सेयरपछि फेरि ७०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हालै बिक्री गरेको ४०% हकप्रदपछि कायम पुँजीको १२% बोनस दिने र यो बोनसपछि कायम पुँजीमा फेरि ७०% हकप्रद जारी गर्ने भएको हो । 
कम्पनीले हालै बिक्री गरेको ४०% हकप्रदपछि चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुगेको छ । सूर्याले यही पुँजीमा १२% बोनस दिन लागेको हो । १२% बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुग्नेछ । यसमा फेरि ७०% हकप्रद सेयर जारी गरेपछि भने चुक्ता पुँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ हुनेछ ।
साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा हुनेछ । असार १७ देखि २३ गतेसम्म बुक क्लोज हुनेछ । असार १६ गतेसम्म कायम सेयरधनीले मात्र १२% बोनस पाउनेछन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: