×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्योदयकोे सेयर लिलामी भर्ने आज अन्तिम मौका, सेयर भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाको २८ हजार ८२ कित्ता सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन रहेको छ । जेठ १३ देखि कम्पनीले सर्वसाधारण समूहको १९ हजार ६८२ कित्ता र संस्थापक तर्फको ८ हजार ४०० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी भाउ तोकी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि १० अंकले भाग जाने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल राष्ट्रिय नाचघर, जमल काठमाडौं तथा सूर्योदय लघुवित्तको केन्द्रीय कार्यालय स्याङजा पुतलीबजार नगरपालिकाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, बनेपा, हेटौंडा, विराटनगर, सुर्खेत, धनगढी, पोखरा सभागृह चोक, बुटवलको मिलनचोक र नेपालगञ्जको त्रिभुवनचोकबाट पनि लिलामी भर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: