×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अपर तामाकोशीको २ अर्ब बढीको आईपीओ आउँदै, कम्पनीले पायो निष्कासन स्वीकृति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – अपर तामाकोशी हाइड्रो पावर कम्पनीको आईपीओ आउने भएको छ । अपर तामाकोशीले साधारण सेयर जारी गर्न बिहीबार नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ । कम्पनीले २ अर्ब ६४ करोड ७५ लाख बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न बिहीबार बोर्डले अनुमति प्रदान गरेको हो । 
कम्पनीले कुल कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता अर्थात १०% आयोजना प्रभावित स्थानीयलाई र १५% अर्थात १ करोड ५८ लाख ८५ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ । यसमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: