×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अपर तामाकोशीको असार २४ आइपीओ आउंदै, क-कसले पाइन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – अपर तामाकोशी हाइड्रोपावरले असार २४ गतेदेखि आइपीओ बिक्री खुला हुने भएको छ । कम्पनीले उक्त आइपिओ आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि खुल्ला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा स्थानीयका लागि १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । स्थानीयलाई बिक्री गरेको आइपीओ बाँडफाँटपछि मात्र सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ । 
स्थानीयले अपर तामाकोशी आयोजना निर्माणस्थल तथा कृषि विकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र महालक्ष्मी विकास बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सेन्चुरी बैंकको चरिकोट, सिंगटी र जिरी, मेगा बैंकको चरिकोट, मैनापोखरी र बागखोर, एनएमबि बैंकको किर्नेटार र प्राइम बैंकको जिरी र मैनापोखरी शाखाबाट पनि आइपीओ भर्न सकिनेछ । यस आइपीओमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।
दोलखाका आयोजना प्रभावितले यसमा न्यूनतम ३० कित्तादेखि अधिकतम ३०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यो आइपीओ साउन ९ गतेसम्म भर्न सकिनेछ । हाल अपर तामाकोशीको चुक्ता पुँजी ७ अर्ब ९४ करोड २५ लाख रुपैयाँ छ । स्थानीय र सर्वसाधारणलाइ आइपीओ बिक्रीपछि पुँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: