×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वेष्टर्न डेभलपमेन्ट बैंकको बुधबार एजीएम हुँदै, १७.४१% बोनस प्रस्ताव पेस गर्दै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार १३ गते वेष्टर्न डेभलपमेन्ट बैंकको साधारण सभा हुने भएको छ । उक्त सभा बिहान ११ बजेबाट होटल माला इन, घोराही दाङमा सुरु हुनेछ । सभामा बैंकले १७.४१% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.९२% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।
बैंकले संस्थापक र सर्वसाधारण समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पेश गर्दैछ । यसैगरी, अधिकृत पुँजी ५० करोड रुपैयाँबाट बढाएर ७५ करोड रुपैयाँ पुर्याउने प्रस्तावमा पनि छलफल हुनेछ । वेष्टर्नले अन्य कुनै वित्तीय संस्थासँग मर्ज वा एक्विजिसनमा जानु परेमा यस सम्बन्धि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गर्दैछ ।
आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि हुनेछ । 
हाल वेस्टर्नको चुक्ता पुँजी ४२ करोड ९३ लाख १२ हजार रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ५० करोड ४० लाख ६८ हजार १६० रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: