×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीकर्ताहरुको आन्दोलन उत्कर्षमा, आज पनि कारोबार बन्द, तर फोरमका अध्यक्षको भूमिका शंकास्पद !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सरकारले घाटामा पनि कर लगाउने भएपछी आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरुले सेयर कारोबार बुधबार पनि ठप्प पारेका छन् । उनीहरुले  सबै कारोबार ठप्प पारेर बुधबार धितोपत्र बोर्डमा धर्ना दिई कोणसभा गरेका छन् भने सँगै लगानीकर्ताका नेताहरु सरकारसँगको वार्तामा पनि सहभागी भएका छन् ।  कोणसभाका वक्ताहरुले आन्तरिक राजश्व विभागले आइतबार जारी गरेको सर्कुलर फिर्ता नभएसम्म आन्दोलन नरोकिने र कारोबारमा समेत सरिक नहुने उद्घोष गरेका थिए । 
यता आन्दोलन उत्कर्षमा पुग्दा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलको भूमिका भने शंकास्पद हुन थालेको छ । उनी सरकारसँग वार्तामा बस्ने, वार्ता सकिएको केहिबेरसम्म फोनमा निकै व्यस्त हुने र त्यसपछि फोन अफ गरेर बस्न थालेपछि कतै सरकारका पक्षले उनलाई प्रभावमा पार्न लागेका त होइनन् ? भन्ने शंका उब्जिएको छ । यसो त यसअघि पनि उनलाई बजारमा चलखेल गरेको आरोप लाग्दै आएको छ भने केहि दिनअघि लगानीकर्ताको एउटा समूहले उनीमाथि आक्रमणको प्रयास समेत गरेको थियो ।
यसो त ब्रोकरहरुलाई भ्याट नलगाउने वा लगाउने विषयमा पनि ब्रोकर र राजनीतिक नेताहरुसंगको उच्चस्तरीय डिल गर्ने व्यवथा उनले नै मिलाईदिएको, त्यसवापत उनले पनि लाभ लिएको चर्चा यसअघि नै उठीसकेको छ । बजारमा चरम चलखेल गरी पैसा कमाएको र कालो धन थुपारेको भन्दै उनीमाथि सम्पत्ति सुद्धिकारण आयोगमा समेत उजुरी परिसकेको छ । 
यसो त उनको व्यवहार अहिले आएर शंकास्पद भएको होइन । सरकारले घाटामा पनि कर लगाउने विषयमा निर्णय गरेपछि नेपाल इन्भेष्टर्स फोरमले सामान्य विज्ञप्तिमात्र निकालेको थियो । यहि बेला नै उनलाई आन्दोलन नगर्न राजनीतिक दबाब आएको स्रोतको दावी छ । पछि पूँजीबजार लगानीकर्ता संघ र सेयर लगानीकर्ता संघ नेपालले आन्दोलन गर्ने अडान राखेपछि आफु खुइलिने डरले उनले उक्त आन्दोलनमा सहमति जनाएका थिए ।
हामी निरन्तर उनका हरेक क्रियाकलापहरु नियालिरहेका छौं।          
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: