×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सफलताको कथा : अपाङ्ग बाबुकी छोरी पर्वतकी अञ्जली भइन् एसईई नेपाल टप !

  • अर्थ सरोकार सम्बाददाता 
पर्वत- अपाङ्ग बाबुकि छोरी अन्जली पुरी यसपालीको एसइइ टपर भएकी छिन् । पर्वतको कुस्माबजारमा रहेको कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए ल्याएर यसपालीको एसइइ परिक्षामा टप गरेकी हुन् ।
‘अञ्जलीलेको नतिजा देखेर हामी सबै खुसी भएका छौं । यो नेपाल टप नतिजा हो ।’ बिद्यालयका प्रधानध्यापक बसन्तकुमार कर्माचार्यले अर्थ सरोकार डटकमसँग भने, ‘ गरे के नसकिने रहेछ र ? उनका बुवा देबेन्द्र पुरी बहिरा छन् । सार्है दुख गरेर पढाइ गरेकी थिइन् उनले । हामीले पनि पुरीलाई छात्रवृतिमा पढाएका थियौं ।’ 
प्रध्यानध्यापक कर्माचार्यले दिएको जानकारी अनुसार कालीगण्डकी एकेडेमीबाट परिक्षा दिएका अन्य बिद्यार्थीमा एक जनाले ३.९५ जिपिए र ६ जनाले ३.९० जिपीए, ३.८५ ६ जना, ३.८० जिपीए ३ , ३.७५ २ जना, ३.७० ४ जना, ३.६५ २ जना, ३.६० ५ जना र ३.५ मा २ जना जिपीए सहित उर्तिण भएका छन् । पुरीको नतिजासहित पर्वतबासीहरुपनि खुसी भएको प्रध्यान्ध्यापकको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: