×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थमन्त्रीलाई पत्र : ‘खतिवडाज्यू, हामीसँग न त डलर खातामा थन्काउने पैसा नै छ, न त नोक्सानी हुँदा नि कर तिर्ने सामर्थ्य’

सम्मानीय अर्थमन्त्री ज्यू,
नमस्कार ।
यहाँको नियुक्ती सँगै आम नेपालीमा एक आसाको किरण छाएको थियो किनकी तपाइँलाइ न कुनै चुनावी भाषणमा ताली खानैका लागी मिठो बोली बेच्नु परेको थियो न त फोहरी राजनीतिको खेलाडी नै हुन । भलै तपाइँलाई तिनै राजनीतिक दलका नेताले अर्थमन्त्री किन नबनाएका हुन १ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकको गभर्नर जस्तो भूमिका निर्वाह गरिसक्नु भएको ब्यक्ती जसले देशको अर्थतन्त्रको नसा नसा जाँच गरिसक्नु भएको छ । यहाँलाई राम्ररी जानकारी हुनु पर्ने हो एक सफल अर्थमन्त्रीले के कसरी सुझ बुझ पूर्ण तरिकाले नीति नियम बनाउनु पर्ने हो भन्ने कुरा । कि यहाँ पनि अर्थमन्त्रीको कुर्चीमा बिराजमान हुने बित्तिकै पुरानै भजन मण्डली जसले यो देशलाई आर्थिकरुपले तपाइँकै भाषामा टाट पल्टिने अवस्थामा पु¥याए यिनैको चंगुलमा त पर्नु भएन ? 
देशमा उत्पादनका अथाह सम्भावनाहरु छन् जसको निर्यात गर्न सके अनि पर्यटनको यथोचित प्रर्वधन गरि पर्यटक भित्र्याउन मात्र सके अर्थतन्त्रको काचुली नै फेर्न सकिन्छ र यहाँले भने जस्तै समृद्ध नेपाल सुःखी नेपाली बन्न धेरै समय लाग्ने छैन । यसर्थ आफ्नै देशमा केही गरौ भनि बौद्धिक पलायनमा सरिक नभएकाहरुलाई हतोत्साही गर्ने गरि करको दर बढाएर मात्र देश समाजबाद उन्मुख हुन सक्दैन कि ? यहाँको भुमिका भनेको त नियमनकारी निकायहरुलाई चुस्त दुरुस्त राखी गरिब तथा अल्पसंख्यकको उन्नतीको लागि शिक्षा अनि उद्यमी बन्नका लागि लगानीका स्रोतहरुको मार्ग प्रसस्त गरि दिनु हो र सानो आय भएकाहरुले लगानी गर्ने एक उपयुक्त ठाउँ भनेको शेयर मार्केट पनि हो । 
शेयर मार्केटमा दिनभरी ठेलामा तरकारी बेच्ने, खाजाको पैसा बचाएर आर्थिक समृद्धिको विरुवा रोप्ने विद्यार्थी, गृहणी अनि मासिक तबल बाट जोगाएर लगानी गर्ने निम्न तथा मध्यम वर्गिय जनताको पनि लगानी छ । विभिन्न सेवा बाट अवकास पाएकाहरुले दिर्घकाल सम्म लाभांसबाट जिविकोपार्जन गर्छौ भनि आफ्नो पेन्सन तथा उपदानको रकम लगानी गरेका छन हजुर । यिनीहरुको लगानी मौलाउँदै जानु भनेको भविष्यमा यहाँकै उद्धेश्यमा होेस्तेमा हैसे लगाउँदै वृद्ध भत्ताको लागि सरकारको मुख ताक्न नपरोस भन्ने नै हो ।
तसर्थ शेयर मार्केट भन्ने बित्तिकै पूँजीवादी जुवा घर देख्ने पूर्व अर्थमन्त्री डा. भट्टराई बाट पाठ सिक्नु जरुरी छ किनकी यसमा लगानी गर्ने लाखौ लगानीकर्ता यहाँका राजनैतिक दलका नेता — मन्त्री तथा भ्रष्टचारीहरु जो हिजो खाली खुट्टा काठमाण्डौ आए र आज करोडौ सम्पतीका मालिक बनेका छन तिनीहरुकै अदुरदृष्टीका कारण यो अवस्थामा पुगेका हुन । जसलाई यहाँ जस्तो विज्ञ अर्थमन्त्रीले मुहान सफा गरि अर्थतन्त्रको एैना शेयर मार्केटमा टेवा पु¥याउन खोज्ने यस्ता साना लगानीकर्तालाई न्याय गर्न जरुरी छ । किनकी हामी सँग न त डलर खातामा थन्काउने पैसा नै छ न त नोक्सानी हुँदा नि कर तिर्ने सामर्थ्य !
शंकर पाण्डे (मुक्ति)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: