×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : काठमाडौँका ‘दले’ अडिटरहरुलाई आइक्यानले सुरु गर्यो कारवाहीको प्रक्रिया !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- काठमाडौँमै रक्सी पसलमै अडिट गर्छु भन्ने बिज्ञापन छापेर लेखा व्यवसायको आचारसंहिता उल्लङ्घन भएको घटना अर्थ सरोकार डटकमले स-प्रमाण छापेपछि नेपालमा लेखाव्यवसायीहरुको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को अनुगमन समिति तातेको छ । समितिले अनुगमनलाई तिब्रता नदिंदा र गलत काम गरेको भेटिएकाहरुलाई पनि कारवाही नगर्दा बजारमा खुलेआम यस्ता गलत धन्दाले प्रसय पाउन थालेको खबर अर्थ सरोकार डटकमले प्रकाशन गरेपछि आइक्यानले सोहि समाचारका आधारमा सम्बन्धित लेखापरीक्षकलाई स्पष्टीकरण सोधेको छ भने कारवाहीको प्रक्रिया पनि अगाडी बढाएको छ । पेप्सीकोलास्थित एक रक्सी पसलमा आइक्यानको नियम उल्लङ्घन भएको घटनालाई अर्थ सरोकारले प्रकाशित गरेको थियो । 

पहिलो चरणमा सपष्टीकरण सोधेका छौं’ : अनुगमन समितिका संयोजक 
यता आइक्यानमा रहेको अनुगमन समितिका संयोजक सिए सुरेश देवकोटाले आइक्यानको आचारसंहिता उल्लङ्घन गर्ने फर्मलाई आइक्यानले स्पष्टीकरण सोधेको बताएका छन् । ‘अर्थ सरोकारको समाचारबारे कुरा उठेपछि हामीले यस विषयमा अनुसन्धान गर्यौं । रक्सी पसलमै अडिट गर्छौं भनेर बिज्ञापन छाप्नु सरासर गलत हो । हामीले त्यसपछि सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण सोध्यौं । उनको जवाफ पनि आएको छ । समितिले त्यसउपर कामकारवाही अगाडी बढाएको छ । समितिको छलफल पछि के गर्ने भन्ने निर्क्योल निस्किन्छ । काम गलत नै गरेकाले अनुसासन समितिमा केस लगेर कारवाहीको थप प्रक्रिया अगाडी बढाउने तयारी छ ।’ संयोजक देवकोटाले सिए सरोकार डटकमसँग भने ।
अनुगमन झन् तीब्र प्रारिने प्रतिबद्धता 
यता अर्थ सरोकारसँग कुराकानी गर्दै आइक्यानको अनुगमन समितिका संयोजक सिए सुरेश देवकोटाले अनुगमन झन् कडा पारिने दावी गरेका छन् । ‘लेखापरीक्षक र क्लाइन्ट दुबैलाई सचेत गराउनुपर्ने आवश्यकता छ । दुवै पक्षलाई सचेतना कार्यक्रमपनि गर्नुपर्ने देखिएको छ । हामी छिट्टै नै देशभर अनुगमन गर्ने तयारीमा छौं । गलत गर्ने जो कोहि पनि कानुनबाट भाग्न सक्दैन । आइक्यानको नियम नटेर्ने सदस्यलाई त झन् कुनै हालतमा कारवाही हुन्छ ।’ देवकोटाले भने । साथै उनले प्रमाणहरु जुटाईदिएर मिडियाले समेत आइक्यानलाई थप सहयोग गरेकोमा खुसीसमेत व्यक्त गरे ।
अर्थ  सरोकारले प्रकाशन गरेको खबर यस्तो थियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: