×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इसेवा पसल : जनता ठगीरहने भाटभटेनीको अनलाइन संस्करणलाई जनताको करोडौं ठग्ने व्यापारीले किने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- क्यास अन एड नामक एप बनाएर जनताको करोडौं रुपैयाँ ठगी गरेर पनि राजनीतिक आडमा अहिले खुलेआम व्यापार गरिरहेका विश्वाश ढकालको कम्पनी एफवान सफ्टले जनतालाई कहिले अखाद्य बस्तु बेचेर त कहिले अखाद्य प्रमाणित भएका बस्तु बिकाउने ठेक्का लिएर जनतालाई ठगीरहने भाटभटेनीको अनलाईन सपिङ पोर्टल ‘भाटभटेनीअनलाइन डटकम’ एफवानसफ्ट ईन्टरनेशनल प्रालिले एक्वायर गरेको छ । 
विगत ६ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी अनलाइन डटकमलाई अक्वायर गरेर एफवान सफ्टले इसेवा अनलाइन पसलमा इसेवालगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ र ईबैंकिङमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । 
स्मरण रहोस् राष्ट्र बैंकको स्वीकृति नलिइ गैरकानुनी रुपमा इसेवा चलेको भन्दै अर्थ सरोकार डटकमले लगातार फलोअप समाचार प्रकाशन गरेपछि इसेवाले राष्ट्र बैंकबाट लाईसेन्स लिएको थियो । यता पछिल्लो बिटक्वाइन प्रकरणमा समेत इसेवाले रातारात आफ्नो इसेवा अपग्रेड गरेर उक्त प्रकरणमा बचेको आरोप लाग्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: